माघ ४ गते योगेश भट्टराई रामेछाप आउने
१ माघ, रामेछाप ।
नेकपा
स्थायी कमिटी सदस्य एवं पूर्व पर्यटन मन्त्री योगेश भट्टराई माघ ४ गते रामेछाप आउने भएका छन् । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले मन्थलीमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्न नेता भट्टराई रामेछाप आउन लागेका हुन् ।
यसअघि जिल्ला कमिटीको बैठक गरेको प्रचण्ड–नेपाल समुहले जिल्ला भेला गर्न लागेको हो । नेकपाका नेता ज्ञान कुमार श्रेष्ठले भेलामा प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य, नगर र गाउँ कमिटीका सदस्य, वडा कमिटीका सदस्य सल्लाहकार परिषद् जनप्रतिनिधि लगायतको सहभागीता हुने बताए ।