सडक निर्माण गुस्तरहिन भएपछि स्थलगत अनुगमनमा रामेछापका प्रजिअ शर्मा
३ माघ, काठमाडौं ।
खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनपानी सडक खण्डमा निर्माणाधिन सडक गुणस्तरहिन भएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले स्थलगत अनुगमन गरेका छन् । सरकारको कराडौ लगानीमा निर्माण भइरहेको सडक कालोपत्रे गर्ने क्रममा निर्माण कम्पनीले गुणस्तरहित निर्माण सामाग्री प्रयोग गरेको पाइएपछि प्रजिअ सहितको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरेको हो ।
प्रजिअ शर्मा सहितको टोलीलेले मन्थली–भटौली, भटौली पकरवास– गाल्वा सडकको पनि अनुगमन गरेको छ । सडक निर्माणको क्रममा गुणस्तरहिन काम भएको विषयमा प्रश्न उठेपछि प्रजिअ शर्माले गलत काम गर्नेमाथि सम्बन्धित निकायबाट कारवाही हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले निर्माणाधिन तीन वटा सडकको स्थलगत अनुगन गरेका छौ, पूर्वाधार कार्यालय र सडक विभागलाई सडक निर्माणको अवस्थाको बारेमा पत्र पठाउछौ ।’
प्रजिअ शर्माले सित्खा–गोगनपानी सडक खण्डमा निर्माण कम्पनीले गुणस्तरहित काम गरेको पाइएको बताए ।
आत्रेय÷शर्मा जेभीले निर्माण गरिरहेको सित्खा–गोगनपानी सडक निर्माणको क्रममा कमसल कालोपत्रे भएपछि स्थानीय सरकारले समेत प्रश्न उठाएको छ ।
निर्माण कम्पनीले सम्झौता बमोजिम ढल निकासी, ग्याबिङ लगायतको काम नगरेपछि गाउँपालिकाको पहलमा पूर्वाधार कार्यालय रामेछाप र निर्माण कम्पनीका प्रतिनिधिबीच त्रिपक्षीय छलफल थियो । छलफलको क्रममा निर्माण कम्पनीले गल्ती भएको स्वीकार गर्दै सम्झौता अनुसार नै काम अगाडि बढाउने प्रतिबद्धता जनाए पनि सो अनुसारको काम हुन नसकेको बताइएको छ ।