उद्यम गर्न चाहने युवाहरुले पैसाको चिन्ता गर्नु पर्दैनः मन्त्री ढुंगेल
३ माघ, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उद्यम गर्न चाहने युवाहरुको लागि प्रदेश सरकारले सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने बताएका छन् । सीप र जाँगर भएका युवाहरु अब बेरोजगार हुन नपर्ने बताउदै उनले उद्यम गरेर खाने युवाहरुले सहज रुपमा सहुलियमा ऋण पाउने बताए ।
१६ औं फाष्टफुड एशोसियसन नेपालको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले सरकारले व्यवसायीहरुको हक हितको पक्षमा काम गर्दै आएको बताए ।
बागमती प्रदेश सरकारले रोजगारी सृजना गर्न उद्यमशिल कार्यक्रम अगाडि सारेको बताउदै सीप र जाँगर भएका कोही पनि बेरोजगार हुन नपर्ने बताए । मन्त्री ढुंगेलले भने,‘योजना र कार्यक्रम लिएर आए सरकारले सहुलितयमा ऋण उपलब्ध गराउछ ।’