दोरम्बा गाउँपालिकाको आठौं गाउँसभाद्धारा विपद् व्यवस्थापन ऐन पारित



६ माघ, रामेछाप ।
दोरम्बा गाउँपालिकाले ओठौँ गाउँसभाले महत्वपूर्ण मानिएको विपद् व्यवस्थापन एवं जोखिम न्युनिकरण ऐन पारित गरेको छ । विपद् व्यवस्थापन कार्यविधिले मात्र काम गर्न कठिनाई भएपछि गाउँसभाले विपद् व्यवस्थापन ऐन नै पारित गरेको हो । अब गाउँपालिकाभित्र कुनै पनि विपद्पछिको खोज उद्धारा एवं राहत उपलब्ध गराउन गाउँपालिकालाई सहज हुने भएको छ । गाउँ सभाले संसोधित आर्थिक विद्येयक २०७७, संशोधित विनियोजन ऐन २०७७ पारित गरेको छ ।

उपाध्यक्ष कृशला घिसिङले प्रस्तुत गरेको संशोधित आर्थिक विद्येयक २०७७, संसोधित विनियोजन ऐन २०७७ र विपत व्यवस्थापन तथा जोखिम न्यूनिकरण ऐन सभाल पारित गरेको थियो । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले महत्वपूर्ण मानिएको विपद् व्यवस्थापन ऐन सभाले पारित गरेको बताए ।
सभामा दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनीले अर्धबार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्