नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका नेताहरु दोरम्बामा भेला हुँदै



६ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका नेताहरु ऐतिहासिक दोरम्बामा भेला हुँदैछन् । प्रतिनिधिसभा विघटन भएसँगै दुई समुहमा विभाजित नेकपाले रामेछाप जिल्लाको स्थायी कमिटी र वडा तहमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रचण्ड–नेपाल समुहले रामेछापमा आठ वटै स्थानीय तहकोमा भेला सम्पन्न गरेर वडा तहमा भेला सञ्चालन गरिरहेको छ ।

दोरम्बा गाउँ कमिटी वडा नम्बर २ को आयोजनामा भोली दोरम्बामा वडा भेलाको कार्यक्रम आयोजना गरेको छ । भेलालाई नेता लिलामणि पोखरल, नेकपा जिल्ला इन्चार्ज देवशंकर पौडेल, सह –इन्चार्ज श्यामकुमार श्रेष्ठ, नेकपा विदेश विभाग प्रमुख युवराज चौलागाई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा दोरम्बा गाउँ कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्