भोली रामेछापको ६४ वटै वडामा कांग्रेसले विरोध प्रदर्शन गर्ने
७ माघ, रामेछाप ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसले भोली रामेछापको ६४ वटै वडामा विरोध प्रदर्शन गर्ने भएको छ । केन्द्रका घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस रामेछापले सबै वडामा विरोध विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र र आठ वटै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न गरेको नेपाली कांग्रेस रामेछापले भोली सबै वडामा विरोध प्रदर्शनको कार्यक्रम गर्न लागेको हो । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले संसद विघटनको असंवैधानिक कदमको विरुद्ध सबै वडामा विरोध प्रदर्शन गर्न लागिएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार वडाको कार्यक्रमको लागि आठ वटै स्थानीय पार्टी समितिलाई निर्देशन दिइसकेका छ ।