भारतीय गुप्तरको सहयोगमा ओलीले संसद विघटन गरेः चौलागाई



७ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एव‌ प्रवास समन्वय समितिका अध्यक्ष युवराज चौलागाईले भारतीय गुप्तचरको सहयोगमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन् । उनले नेपाली जनताको जनमतको अपमान गर्दै प्रधानमन्त्री ओलीले विदेशीको इसारामा संसद विघटन गरेको आरोप लगाएका हुन् ।
नेता चौलागाईले प्रश्न गर्दै भने,‘ओली कुन ड्याङको मुला हो ? उलेख्न नसक्ने ?’ गणतन्त्र र संघीयता नचाहेकै कारण ओलीले अहिलेको अस्थिरता निम्त्याएको बताउदै उनले जनताले ठूलो अपेक्षा गरेका पार्टीलाई एउटा ब्यक्तिको निर्णयले अनिर्णयको दिशातिर धकेलेको बताए ।
आज रामेछापको दोरम्बामा आयोजित भेलालाई सम्बोधन गर्दै नेता चौलागाईले अहिलेको लडाई पद र प्रतिष्ठाको भन्दा पनि ठूलो त्याग र वदलिदानबाट प्राप्त उपलब्ध जोगाउने प्रश्न रहेको बताए ।

वैशाखमा घोषणा गरिएको चुनाव कुनै पनि हालतमा नहुने बताउदै उनले भने,‘चुनाव हुनेमा प्रधानमन्त्री र गृहमन्त्रीको श्रीमतिले त पत्याएका छैनन, जनताले कसरी पत्याउने ?’

प्रतिक्रिया दिनुहोस्