मन्थली नगरको १४ वटै वडा कमिटीमा भेला गर्ने निर्णय



७ माघ, रामेछाप ।
नेकपा ओली समुह मन्थली नगर कमिटीले नगर कमिटीको १४ वटै वडाको भेला गर्ने निर्णय गरेको छ । आज मन्थलीमा बसेको नगर कमिटीको बैठकले संगठनलाई प्रभावकारी बनाउन सबै वडा कमिटीमा भेला गर्ने निर्णय गरेको हो । नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले चुनावी अभियान र वडा भेला एकसाथ सञ्चालन गरिने बताए ।

मन्थली नगर कमिटीका अध्यक्ष कृष्णहरि अधिकारीले माघ १५ गतेभित्र सवै वडा कमिटीको भेला सम्पन्न गरिने जानकारी दिए ।

वडा कमिटीमा आयोजना गरिने भेलालाई ओली समुहका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्की, जिल्ला अध्यक्ष आनन्न श्रेष्ठ, मन्थली नगर कमिटीका अध्यक्ष कृष्णहरि अधिकारी, रामेछापका नेताहरु लव श्रेष्ठ, प्रकाश कुमार कार्की, दिनेश सुवेदी लगायतले सम्बोधन गर्ने गरी कार्य विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्