रामेछापमा गुण्डागर्दी चल्दैन, शान्ति सुरक्षा मजबुत हुन्छः डिएसपी ढुंगाना
९ माघ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज ढुंगानाले जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था मजबुत. बनाइने बताएका छन् । उनले नागरिकहरुबाट गुनासो नआउने गरी प्रहरीले काम गर्ने बताएका हुन् ।रामेछाप न्युजसँग कुराकानी गर्दै डिएसपी ढुंगानाले भने,‘जिल्लाभित्र कुनै पनि गुन्डागर्दी राज चल्न दिइन्न, शान्ति सुरक्षाको मजबुत. बनाउनु मेरो एक मात्र काम हुनेछ ।’
स्थानीय सरकार र नागरिकहरुसँगको सहकार्यमा प्रहरीले आफने काम अगाडि बढाउने बताउदै उनले अपराधिक गतिविधि रोक्ने कार्यमा प्रहरी दत्तचित्त भएर खटिने बताए । जिल्लाका सीमा नाकाहरुमा सिसी क्यामेरा जडान गरेर प्रहरीले प्रविधिको प्रयोगलाई पनि बढाउदै लैजाने आफ्नो योजना रहेको बताउदै डिएसपी ढुंगानाले गलत काम गर्ने जो कोही भए पनि उम्किन नपाउने बताए ।
नागरिकहरुको साथ र सहयोग लिएर अगाडि बढने बताउदै सूचना दिएर सहयोगगर्न पनि उनले आग्रह गरे । डिएसपी ढुंगानाले भने,‘म रामेछापवासीको सेवा गर्न आएको हुँ, मेरो कार्यकालमा राम्रो काम गरेर देखाउन चाहन्छु ।’