तीन विधेयक पारित गर्दै रामेछाप नगरपालिकाको नगरसभा सम्पन्न



१५ माघ, रामेछाप ।
तीन विधेयक परित गर्दै रामेछाप नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले पूरक विनियोजन विधेयक २०७७, शिक्षा ऐन २०७५ (प्रथम संशोधन) विधेयक २०७७ र वडा नम्बर ३ साँघुटार वडा कार्यालयको जग्गा (केन्द्र) निर्धारण गर्ने विधेयक पारित गरेको हो ।
नगरसभाले गत आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगति र चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रममा हाल सम्म भएका प्रगति प्रतिवेदन पारित गरेको छ ।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख नर बहादुर थापामगरले कोरोना भाइरसको कारण नगरपालिकाले लक्ष्य अनुसारको नतिजा हासिल गर्न नसकेको बताए । नगरसभामा नगर उपप्रमुख सृजना खड्काले चालु आर्थिक वर्षका लागी स्वीकृत नीति तथा कार्यक्रहरु र आगामी दिनमा गर्नुपर्ने महत्वपूर्ण कार्यहरुको बारेमा सभालाई जानकारी गराइन ।

प्रतिक्रिया दिनुहोस्