संसद विघटन विरुद्ध रामेछापको देउरालीमा पञ्चेबाजा बजाएर विरोध प्रदर्शन (फोटोफिचर)



१९ माघ, रामेछाप ।
प्रतिनिधिसभा विघटनको विरुद्ध रामेछाप नगरपालिकाको देउरालीमा पञ्चेबाजा बजाएर विरोध प्रदर्शन गरिएको छ । रामेछाप नगरपालिका देउराली वडा कमिटीद्धारा देउरालीमा आयोजित विरोध सभामा पञ्चेबाजा सहित विरोध सभा गरिएको हो । विरोध सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले असंवैधानिक संसद विघटनको निर्णय सच्याउनुको विकल्प नभएको बताए ।

 

उक्त कार्यक्रममा नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ, सचिव होतराज ढकाल, नगरकमिटीका कार्यालय सदस्य रोशन पाख्रिन, शिशिर खड्की, ढालविक्रम कार्की, ऐकेन्द्र बहादुर राेका, तिलकराज बुढाथोकी, चन्द्र कुमारी पौडेल, विजय बुढाथोकी वडा कमिटीका अध्यक्ष निर कुमार श्रेष्ठ र सचिव रमेश बख्रेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्