भूमि समस्या समाधान आयोग रामेछापको अध्यक्षमा कडेल नियुक्त



१९ माघ, काठमाडौं ।
सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने भएका छन् ।

आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने बताइएको छ ।रामेछाप जिल्लाको भूमि सम्बन्धि समस्या समाधान आयोगको अध्यक्षमा तुला प्रसाद कडेल नियुक्त भएका छन् । सदस्यमा भोजराज कडरिया र विज्ञ सदस्यमा गंगा देवी कार्की नियुक्त भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्