विवादको बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त, उपराष्ट्रपति र सभामुखद्धारा बहिष्कार



२१ माघ, काठमाडौं ।
संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् ।संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा ५ जना प्रमुख आयुक्त,अध्यक्ष तथा २७ जना आयुक्त सदस्य नियुक्त गरेकी हुन् ।

उनीहरुले आज राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहबीच सपथ लिएका छन् । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सपकोटाले भने सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदका तीन जनाको उपस्थितिमा मात्र गरेको विवादास्पद नियुक्तिबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको छ ।

त्यसैगरी संसदीय सुनुवाई समिति संघीय संसद अन्तर्गतको संयुक्त समिति भएको र प्रतिनिधिसभा विघटन भएकाले सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।

संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो । तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्