रामेछापमा १ हजार २२ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप



तस्बीरः भुवन थापाबाट

२२ माघ, रामेछाप ।
रामेछाप जिल्लामा १ हजार २२ जनाले कोरोना भाइरविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट सुरु भएको कोरोनाविरुद्धको खोप अन्तर्गत पहिलो चरणमा सरकारी तथा निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेवीका, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापमा खनिे सुरक्षाकर्मी र सरसफाईकर्मी हो ।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले नौ दिनको अवधिमा एक हजार २२ जनाले कोरोनाविरुद्धको खोप लगाएको रामेछाप न्युजलाई बताए । उनका अनुसार शुक्रवार खोप लगाएपछि पहिलो चरणको कार्यक्रम सकिनेछ । खोप लगाएका केहीमा टाउको दुख्ने केही समस्या आएपनि सबैको अवस्था अहिले राम्रो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्