माघ २८ मा हुने शक्ति प्रदर्शनमा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले ४ हजार कार्यकर्ता लैजाने



२५ माघ, रामेछाप ।
प्रतिनिधिसभा विघटनको विरुद्ध माघ २८ गते हुने शक्ति प्रदर्शनमा नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापबाट ४ हजार कार्यकर्ता लैजाने बताएको छ । प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले असंवैधानिक कदमको विरुद्ध हुने विरोध सभाको लागि कार्यकर्ता लैजाने तयारी थालिएको  बताए ।

यसअघि दुई पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–नेपाल समुहले माघ २८ मा तेस्रो शक्ति प्रदर्शन गर्न लागेको हो । शुक्रवार मात्र नेकपा नेकपा ओली समुहले राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।
नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछापका सह–इन्चार्ज प्रतिगमनकारी कदम सच्याउनको लागि माघ २८ गते विरोधसभामा रामेछापबाट कार्यकर्ताहरु काठमाडौ लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्