हिमाली जिल्ला रामेछापमा उच्च पहाडी क्षेत्रमा भारी हिमपात (फोटोफिचर)



२५ माघ, रामेछाप ।
हिमाली जिल्ला रामेछापको उच्च क्षेत्रमा भारी हिमपात भएको छ । आज बिहानबाट पानी परेसँगै यस बर्ष पहिलो पटक हिउ परेको हो । जिल्लाको दोरम्बा गाउँपालिकाको सैलुङ, दोरम्बा, अग्लेश्वर, सुनापती गाउँपालिकाको गाल्वा, सुनापती डाँडा लगायतको क्षेत्रमा हिमपात सुरु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुगंगा गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा पनि हिमपात पर्न सुरु गरेको छ । हिमपातबाट रामेछापको उच्च क्षेत्रका नागरिकहरुको जनजीवन प्रभावित बनेको रामेछापका प्रमुख जिल्ला अधिकारी अजुृन कुमार शर्मा (गुरागाई)ले जानकारी दिए । यस बर्ष रामेछापमा पहिलो पटक हिमपात भएको हो ।

प्रतिक्रिया दिनुहोस्