तीन विधेयक पारित गर्दै सुनापती गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न



२५ माघ, रामेछाप ।
तीन वटा विधेयक पारित गर्दै सुनापती गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न भएको छ । आज सम्पन्न गाउँसभाले कृषि व्यवसाय प्रर्बद्धन विधेयक, न्यायिक समिति सञ्चालन ऐन (पहिलो संशोधन) र गाउँ प्रहरी संशोधन (पहिलो ऐन) विधेयक पारित गरेको हो ।

गाउँसभाले छ महिनाको अवधिमा गरेको कामको बारेमा प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले सभालाई जानकारी गराएका थिए ।
सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष धावा लामाले पालिकाले राखेको लक्ष्य अनुसार नै काम अगाडि बढाइएको बताए ।

उनले भने पूर्वाधार निर्माणमा राम्रो काम भइरहेको बताउदै कोरानाको कारण केही काम प्रभावित भएको भएपनि अहिले गति लिएको बताए ।
उपाध्यक्ष गीता विष्टले गाउँपालिकाले राम्रो काम भइरहेको बताउदै आगमी दिनमा झन प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन हुने बताइन ।

प्रतिक्रिया दिनुहोस्