रामेछापको ठोसेमा आगलागी,८० बर्षिय शेर्पाको निधन



२७ माघ, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा मध्यराती आगलागी हुँदा ८० बर्षिय बृद्धाको निधन भएको छ । आगलागीबाट ८० बर्षिय बृद्धा पाङलेकी शेर्पाको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले बताए ।

राती करिब साढे एक बजेतिर भान्साकोठामा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्य परिवारका सदस्यहरु भाग्न सफल भएपनि बृद्धाको भने निधन भएको छ । डिएसपी ढुंगानाका अनुसार बिहान साढे पाँच बजे उपचारको लागि लैजाने क्रममा शेर्पाको निधन भएको बताए । उनका अनुसार अहिले शर्पाको पोष्टमार्टको लागि मन्थली ल्याउने र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ ।
आगलागीको घटनाप्रति गोकुगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आगलागीको घटनाबाट बृद्धाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले पीडित परिवारलाई सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्