माघ ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय



२७ माघ, काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ३० गते तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्