यस्तो देखियो प्रचण्ड–नेपाल समुहको विरोध र्‍याली (फोटो/भिडियो)



२८ माघ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभा सुरु भएको छ । विरोधसभा सुरु हुनु अघि विभिन्न पाँच ठाउँबाट र्याली निकालिएको थियो ।
माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएको ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिएको थियो । मुल जुलुसको नेतृत्व अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गर्दै कार्यक्रमस्थल भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध सभामा नेताहरुले बोल्ने कार्यक्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्