मन्थली–गाल्पा–चौँरी सडक कालोपत्रे गर्न ४७ करोड बजेट स्वीकृत गरेका छौः मन्त्री ढुंगेल



२८ माघ, काठमाडौं ।
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सदरमुकामदेखि तीन गाउँपालिका जोडने मन्थली गाल्वा चौरी सडक कालोपत्रे गर्न थप ४७ करोड बजेट स्वीकृत भएको बताएका छन् । उनले खाँडादेवी, दोरम्बा र सुनापती जोडने मुख्य सडकको रुपमा रहेको सडक कालोपत्रे गर्न आज बजेट स्वीकृत भएको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले भने,‘जिल्लाको मुख्य सडकको पहिचान गरेर धमाधम कालोत्रपे भइरहेको छ, मन्थली गाल्वा रजमटार चौरी खोला जोडने सडक कालोपत्रे गर्ने दोस्रो खण्डको लागि ४७ लाख अर्थमन्त्रालयले स्वीकृत गरेको छ ।’

जिल्ला सदरमुकाम मन्थलीबाट खाँडादेवी– ५ पकरबाससम्म पीच गर्ने काम अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणमा पकरबासबाट गाल्वा हुँदै थप अगाडिसम्म कालोपत्रे हुने बताए । मन्त्री ढुंगेलले जिल्लामा सञ्चालित बहुबर्षिय ठेक्का मार्फत अगाडि बढेको सडकको कामलाई बजेटको अभाव हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्