रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो, पक्राउको तयारी
२९ माघ, काठमाडौं ।
प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट झाँक्रीलाई पक्राउ गर्न दबाब परेपछि प्रहरीले सोधपुछको लागि बोलाएको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको जानकारी दिए । उनका अनुसार झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
हिजो काठमाडौंमा आयोजित विरोध सभामा पनि झाँक्रीले राष्ट्रपतिको भूमिकाको आलोचना गरेकी थिइन । झाँक्रीले आफूलाई पक्रिन प्रहरीलाई चुनौती दिदै आएकी छिन् । झाँक्रीले आउन अस्वीकार गरेपछि प्रहरीले पक्राउ पुर्जी काटने तयारी गरेको छ ।