रामेछापका थप २१ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइने



१ फागुन, रामेछाप ।
रामेछाप जिल्लामा थप २१ सय जनालाई कोरोनाविरद्धको खोप लगाइने भएको छ । रामेछापका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी, जनपथ प्रहरी सार्वजनिक संस्थान तथा वैकंका कर्मचारीलाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले दुई स्थानबाट कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बताए । उनका अनुसार रामेछाप जिल्ला अस्पतालमा फागुन २ देखि ४ गते र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट फागुन ३ देखि ८ गतेसम्म खोप लगाइनेछ ।
जिल्लाको आठ वटा स्थानीय तहबाट आजसम्म करिब १४ सय जनाले नाम टिपाइसकेको जानकारी आएको बताउदै प्रमुख कर्णले यसअघि तोकिएका तर छुटेका लक्षित वर्गलाई पनि खोप लगाइने रामेछाप न्युजलाई बताए ।

यसअघि पहिलो चरणमा रामेछापका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वंमसेवीका, एम्बुलेन्स तथा शव बाहन चालकहरुलाई गरी १ हजार ९३ जनलाई खोप लगाइएको थियो । प्रमुख कर्णले भने,‘हामीले दोसो चरणको लागि ५४ सय डोज माग गरेका छौ, हेरौ कति आउछ ।’

प्रतिक्रिया दिनुहोस्