कुलमान घिसिङ सैलुङमा (फोटोफिचर)



१ फागुन, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सैलुङ भ्रमण गरेका छन् । आफ्नै जिल्ला भएर पनि घिसिङ पहिलो पटक सैलुङ आएका हुन् ।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्नको लागि आफू सैलुङ क्षेत्रको भ्रमणमा आएको घिसिङले बताए । उनले रामेछाप न्युजसँग भने,‘सैलुङ हरेक नेपालीले एक पटक आउनु पर्ने पर्यटकीय गन्तव्य हो, सैलुङ क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्छ ।’ धार्मिक, ऐतिहासिक र प्राकृतिक गन्तव्य सैलुङ क्षेत्रमा व्यवस्थित होटल सञ्चालन गर्नुको साथै भौतिक पूर्वाधार नर्मिाणमा पनि उनले जोड दिए ।


तस्बीरः दावा सङ्बु शेर्पा

प्रतिक्रिया दिनुहोस्