मोटरसाईकल चोर्ने चार व्यक्ति समातिए, रामेछापका श्रेष्ठको मोटरसाईकल भेटियो
फागुन १, काठमाडौं ।
काठमाण्डौंबाट मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरीका सुचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापुर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै बिशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । बिशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाईकल सहित पक्राउ हुने क्रम बढेको छ ।
सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट पल्सर मोटरसाइकल सहित धादिङ्ग गजुरीका धन बहादुर तामाङलाई बास्तविक नम्वर परिवर्तन गरि बा प ३–०२–०२०प४८२४ राखेको अबस्थामा पक्राउ गरेको हो भने बल्खुबाट मगरको २२० सिसिको एनएस पल्सर मोटरसाइकल सहित धादिङ्ग थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्गलाई प्रदेश ३–०२,०११प८९२९ नम्वरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ गरि तीनै जना माथी अनुसन्धान एव सोधपुछ गर्दा मोटरसाईकल चोरी गरि बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ को निरश थिङलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ भएका मोटरसाइकलहरु यहि मंसिर २९ गते भक्तपुरका सुसन थापा मगर र पुस २२ गते रामेछापका हिराकाजी श्रेष्ठको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाईकल रहेको महाशाखाले जनाएको छ । थापा मगरको प्रदेश ३–०२,०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ्ग गरेको अबस्थामा चोरी भएको थियो भने श्रेष्ठको बा.प्रदेश ०२–०१९प९५०८ नंम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको निबेदनमा उल्लेख गरेका छन ।