रामेछापबाट हराएका बालक प्युठानमा भेटिए, आफन्तले प्रहरीलाई धन्यवाद दिए
२ फागुन, रामेछाप ।
रामेछाप खाँडादेवी गाउँपालिका–३ भिरपानीबाट एक महिना अघि हराएका ११ बर्षिय बालक सन्तोष श्रेष्ठ प्युठानमा फेला परेका छन् । बालक हराएपछि उनका आफन्तहरुले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । आफन्तले सर्वत्र खोजी गरिरहेको बेला बालक भने हिजो प्युठान जिल्लाको चकचके बजारमा प्रहरीले फेला परेको थियो । भेटिएका बालकलाई उनका दाई अनुज श्रेष्ठलाई प्रहरीले जिम्मा लगाएको छ ।
खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले हराइका बालक भेटिदा निकै खुसी लागेको बताइन । बालक भेटिएको खबरले दिनरात रोइरहेकी उनको आमाको हासो छाएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिइन ।
बालकका आफन्तले खोजी कार्यमा सहयोग गर्ने प्रहरीसहित सम्पूर्णलाई धन्यवाद दिएको छ । उपाध्यक्ष श्रेष्ठका अनुसार फेला परेका बालकलाई आज घर ल्याइदैछ । खोजी कार्यमा सहयोग गेर्न रातामाटा प्रहरी चौकीका इन्चार्ज सिताराम सुवेदी र प्युठान चकमकेका इन्चार्ज तारा डागीप्रति परिवारले कृतज्ञता व्यक्त गरेको छ ।