रामेछापमा २१ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश



३ फागुन, रामेछाप ।
रामेछापमा २१ जना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विरोधसभालाई सम्बोधन गर्न रामेछाप आएका कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले नवप्रवेशीलाई पार्टीको साधारण सदस्य दिएर पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीलाई कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने र पूर्व पार्टी सभापति रामचन्द्र खड्काले खादा लगाएर स्वागत गरेका थिए ।


रामेछाप नगरपालिका–८ सल्लेका विजय तामाङको नेतृत्वमा २१ जना नेकपाका कर्यकर्ता कांग्रेसमा प्रवेश गरेको पार्टीका प्रवक्ता नारायण खडकाले जानकारी दिए ।
पाटी प्रवेश गर्नेहरुमा लखन तामाङ, सुरेश तामाङ, दिपक घिसिङ, गोरे तामाङ थोकर, भिम बहादुर तामाङ, सुकदेव तामाङ, रमेश तामाङ, तिर्थ सुवेदी, गोविन्द सुवेदी, प्रदिप सुवेदी, मगंले सार्की, नमस साही, सतल सिंह तामाङ, राम बहादुर साही, चन्द्र बहादुर साही, रमेश साही, प्रेम बहादुर तामाङ, मान बहादुर तामाङ, मणिराज घिसिङ, दुर्गा साही, विष्णु बहादुर विक, अप्रिस विसङखे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्