प्रहरी महानिरीक्षक थापाद्धारा रामेछापमा नवनिर्मित प्रहरी कार्यालयको उदघाटन (फोटोफिचर)



९ माघ, रामेछाप ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय भवन र ब्यारेकको उदघाटन गरेका छन् । आइतवार आयोजित एक कार्यक्रमबीच महानिरीक्षक थापाले प्रहरी कार्यालय भवनको उदघाटन गरेका हुन् ।

कार्यालयको उदघाटन गर्दै महानिरीक्षक क्षेत्रीले नयाँ भवनलाई आम नागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदासयता तथा नागरिकप्रति नेपाल प्रहरीको संयुक्त विम्वको रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । उनले नयाँ कार्यालय तथा ब्यारेक भवनमा कार्यरत प्रहरी कर्मचारीलाई आम नागरिकका नैसर्गिक हक अधिकारको संरक्षण तथा संवर्धन, शान्ति सुरक्षा र न्यायका लागि अनन्तकालसम्म निष्पक्ष तवरबाट क्रियाशील रहन उत्प्रेरणा मिल्ने विश्वास गरे ।

भवनको भौतिक संरचना जमिनमाथि उभिएको देखिन्छ तर यसको वास्तविक जग र आधार नागरिकको हृदय र मस्तिष्कमा बस्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने,‘ ‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन् यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन् ।’ कुनै न कुनै पीडाले मात्र नागरिक प्रहरी कार्यालयमा आउने हुनाले निलो वर्दीले कहिलै पनि दिन र रात, झरि र ठन्डीको वहाना गर्न नपाउँने उनले बताए ।
वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र रामेछाप जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक ई. ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्