संसद पुर्नस्थापना गर्ने फैसलासँगै रामेछापमा प्रचण्ड–नेपाल समुहकाे खुसीयाली (फोटो भिडियो)



११ फागुन, रामेछाप ।
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेसँगै रामेछापमा खुसीयालीमा दिप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापका सदरमुकाम मन्थलीसहित विभिन्न स्थानीय तहमा खुसीयाली मनाउदै विजय उत्सव मनाएको हो ।

रामेछापको सदरमुकाम मन्थलीको देवकोटा चोक, सुनापती गाउँपालिकाको हिलेदेवी दोरम्बा गाउँपालिकाको दोरम्बा, खाँडादेवी गाउँपालिकाको राकाथुम लगायतको ठाउँमा प्रचण्ड–नेपाल समुहले विजय जुलुस निकालेको छ । देवकोटा चोकमा गरिएको दिप प्रज्वलन कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेल, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत, रामेछाप नगरकमिटिका अध्यक्ष मोतीलाल तामाङ लगायतको सहभागीता रहेको थियो ।

रामेछापका नेता कार्यकर्ता मण्डला र भक्तपुरमा
संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसालसँगै काठमाडौमा रहेका नेकपा रामेछापका नेता कार्यकर्ताहरुले विजयी उत्सव मनाएका छन् । माइतीघर मण्डलामा आयोजित दिप प्रज्वलन कार्यक्रममा नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान लगायतका नेताहरुको सहभागीता रहेको थियो । त्यसैगरी भक्तपुरमा आयोजित कार्यक्रममा नेकपा सुनापतीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्