नेकपा ओली समुह सुनापति गाउँ कमिटीले आयोजना गरेको कार्यक्रम स्थगित



१२ फागुन, रामेछाप ।
नेकपा ओली समुह सुनापती गाउँ कमिटीले फागुन १४ गतेको लागि आयोजना गरेको गाउँ सभाको कार्यक्रम स्थगित भएको छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै राष्ट्रिय राजनीति घटनाक्रमको कारण पछि गर्ने गरी पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको सुनापति गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार योञ्जनले रामेछाप न्युजलाई बताए ।

उनले भने,‘१४ गतेको कार्यक्रम राष्ट्रिय राजनीतिक घटनाक्रमको कारण स्थगित गरेका छौ, अब पुनः अर्को कार्यक्रमको मिति पछि तय गछौं ।’ सुनापति गाउँ कमिटीले उर्जामन्त्री टोपबहादुर रायमाझी, कमल चौलागाई सहितका नेताहरुलाई ल्याउने तय गरेपनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेको बताएको छ ।

पार्टी समुहमा विभाजित भएसँगै नेकपा सुनापति गाउँकमिटीका अध्यक्ष ज्ञान कुमार योञ्जन र सचिव रामकृष्ण लामा ओली समुह आबद्ध छन् । सुनापति गाउँपालिकाबाट कमल चौलागाई र भुवन घिमिरे केन्द्रीय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्