रामेछापबाट १५ जना युवा संघको केन्द्रीय सदस्यमा चयन (नामावलीसहित)
१३ फागुन, काठमाडौं ।
नेकपा ओली समुहको राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापबाट १५ जना केन्द्रीय सदस्यमा चयन भएका छन् । युवासंघले रामेछापबाट १५ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो । चयन भएका केन्द्रीय सदस्यहरुले युवा संघले सपथ खुवाएको छ ।
केन्द्रीय सदस्य हुनेहरुमा दोरम्बा गाउँपालिकाका आङछिरिङ लामा, मन्थली नगरपालिकाका अमित कार्की, लिखु तामाकोसी गाउँपालिकाका राजकुमार खडका, उमाकुण्ड गाउँपालिकाकी छोटी शेर्पा, लिखु तामाकोसी गाउँपालिकाका विनोद खडका, मन्थली नगरपालिकाका सोनु रोका क्षेत्री, खाँडादेवी गाउँपालिकाका अविनाश बुढाथोकी, मन्थली नगरपालिकाका गणेश विक, सुनापती गाउँपालिकाका रविन्स दोङ, सुनापती गाउँपालिकाकै राजिव मोक्तान रहेको छ ।
युवा संघ रामेछापका अध्यक्ष गणेशबज्र लामाका अनुसार अनुसार रामेछापको लिुख तामाकोसी गाउँपालिकाका प्रवेश बुढाथोकी, मन्थली नगरपालिकाका सुरेन्द्र कार्की, मन्थली नगरपालिकाका सिताराम लोहार, गोकुलगंगा गाउँपालिकाका गणेश केसी र मन्थली नगरपालिकाका तपन श्रेष्ठ युवा संघको केन्द्रीय सदस्य चयन भएका छन् ।
पार्टी एकता हुँदा रामेछापबाट चार जना केन्द्रीय सदस्य चयन रहेका थिए । जसमध्ये टिका माल्बुके र कृष्णहरि केसी प्रचण्ड–नेपाल समुहमा रहेका छन् । त्यसैगरी ओली समुहबाट केन्द्रीय सदस्य रहेका जय गुरुङ युवासंघको केन्द्रीय सचिवमा चयन भएका छन भने ओली प्रचण्ड–नेपाल समुहबाट ओली समुहबाट आएका सुमन लामाले उमेरहदको कारण केन्द्रीय सदस्य छोडेर पार्टी कमिटीमा जोडिने भएका छन् ।