बाल यौन दुर्व्यवहार गरेकाे आरोपमा लिखु तामाकोसी गाउँपालिकाबाट एक युवक पक्राउ



१३ फागुन, रामेछाप ।
बाल यौन दुव्र्यवहार गरेको आरोपमा रामेछापको लिुख तामाकोसी गाउँलिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिकालाई चकलेट दिएर फकाउदै बाल यौन दुव्र्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक घर भएर लिखु तामाकोसी गाउँपालिकामा काम गर्दै आएका सुरज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित परिवारले उजुरी दिएपछि बुधवार इकाला प्रहरी कार्यालय धोवीले सिन्धुपाल्चोक निवास ती युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यलयका एक अधिकृतले रामेछाप न्युजसँग भने,पक्राउ परेका खत्रीलाई पाँच दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौं ।’ कानुन अनुसार नाबालिकामाथि बाल यौन दुव्र्यवहार गरेको पुष्टि भएमा तीन बर्ष जेल सजाय हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्