रामेछापेली जनताका डाक्टर कर्माचार्य सम्मानित



१३ फागुन, काठमाडौं ।
लामो समयदेखि रामेछापका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका प्रा.डा. सुमन कर्माचार्य सम्मानित भएका छन् । नेशनल ओपन कलेजले दुई दशकमा प्रदान गर्ने दशक सम्मानबाट उनी सम्मान भएका हुन् ।

कलेजको २१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले डा. कर्मचार्यलाई सम्मान गरे । डा. कर्माचार्य हाल रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा रहेर स्वास्थ्य सेवा दिदै आएका छन् । अस्पतालको साथै उनले रामेछापका गाउँगाउँमा पुगेर नागरिकहरुलाई सेवा प्रवाह गर्दै आएका छन् ।

विगत तीन दशकभन्दा लामो समयदेखि चिकित्सा क्षेत्रमा चिकित्सको भूमिकामा रही रामेछाप जिल्लामा जनसेवकको रुपमा कार्य गर्दै आएका स्वास्थ्य सेवा विज्ञ रहेका डा. कर्माचार्य नेशनल ओपन कलेजको सल्लाकार समेत रहेका छन् ।

चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे डा. कर्माचार्यलाई ‘जनताको चिकित्सक स्वास्थ्यसेवा स्थापक दशक’ सम्मान प्रदा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्