रामेछापका प्रजिअ शर्माको दुई महिनामै सरुवा



१४ फागुन, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ)को दुई महिनामै सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत सुरुवा गरेको हो । रामेछाप जिल्लामा प्रजिअको जिम्मेवारी सम्हाले लगत्तै जिल्लाभित्र भएका विकास निर्माणको कामको ढिलासुस्तीलाई हटाउन उनले अभियान थालेका थिए ।

तर दुई महिना पनि काम गर्न नपाउदै सामान्य प्रशासन मन्त्रालयले उनलाई सरुवा गरेको हो । प्रजिअ शर्मा हाल मातृ शोकमा रहेका छन् । रामेछाप निवासी प्रजिअ शर्माले जिल्लामा राम्रो काम गरेर देखाउने अभियान चलाए पनि बीचमै सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्