स‌सद बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय



१४ फागुन, काठमाडौं ।
सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ । नयाँ सरकार गठनको चर्चा चलेसँगै सरकारले संसद पर्नस्थापना भएपछि संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद बैठक आह्वान गर्ने प्रावधान छ । सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्ने गरी १३ दिन पुगेकै दिन सरकारले संसद बैठक आह्वान गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्