यस बर्ष २५ सय जनालाई रोजगारी दिदै गोकुलगंगा गाउँपालिका



१५ फागुन, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाभित्र रोजगारीको सृजना गर्ने कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिकाभित्रका नागरिकहरुलाई रोजगारी दिने गरी गाउँपालिकाले योजना अगाडि बढाएको हो । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार सडक निर्माणमा जोडरको प्रयोग घटाएर गाउँपालिकाभित्रका नागरिकहकरुलाई रोजगारी दिने कार्यक्रम अगाडि सारेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताए ।

यस बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार गाउँपालिकाभित्रका ३ सय ६३ जनालाई एक सय दिन बराबरको रोजगारी उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्यत यस बर्ष १ करोड ८७ लाख ७३ हजार बजेट आएको गोकुलगंगा गाउँपालिकाका रोजगार संयोजक पुर्शराम कार्कीले रामेछाप न्युजलाइ बताए । उनका अनुसार गाउँपालिकाले ९९ वटा पूर्वाधार कार्यक्रम अन्तर्गत ७५ वटा सडक सोलिङ गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यवसायिक कृषि खेती गर्नेहरुलाई अनुदान समेत उपलब्ध गराउदै आएको छ । उक्त अनुदानबाट पनि रोजगारी सृजना हुने भएको गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्