प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास (फोटोफिचर)



२० फागुन, सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गरेका छन् । उनले सुनकोशी–मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने,‘प्रदेश दुई बनजंगलको सन्दर्भमा निकै पछाडी छ, यसलाई अब हामी फलफुलको बंगैचामय बनाउँछौं’। डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने लक्ष्य राखिएको छ ।

साथै डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारकाले लिएको छ।आफूलाई तराई छिर्न हतारो नभएको बताउँदै प्रधानमन्त्री ओलीले सुनकोशी–कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा थप सिँचाइ हुने समेत  बताए । ओलीले देश विकासको बाटोमा गएको बताउदै एक सय चार वर्ष अघि बनेको सुरुङ पुननिर्माण गर्ने देखि लिएर आधुनिक सुरुङको युग सुरु भएको बताए । ‘अब हिजोका जस्ता दुःखका दिन गए । दुर्गम ठाउँ पनि केबुलकार निर्माणलाई प्राथमिकता दिइने पनि उनले बताए ।

उक्त कार्यक्रममा उर्जा एवं सिचाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्