खाँडादेवी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रेष्ठ चयन



२२ फागुन, काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समुह खाँडादेवी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा ओमराज श्रेष्ठ चयन भएका छन् ।  काठमाडौंको नयाँवानेश्वरस्थित शंखमुल एवान पार्टीप्लालेसमा आयोजित  भेलाले श्रेष्ठको अध्यक्षतामा ६१ सदस्यीय पालिका सम्पर्क कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रोज बहादुर श्रेष्ठ, सचिवमा लाल बहादुर थापा, सहसचिवमा उद्धव केसी र कोषाध्यक्षमा पासाङ तामाङ चयन भएका छन् ।

उक्त कार्यक्रममा नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, रामेछापका प्रतिनिधिसभा सांसद एवं रामेछापका सह–इन्चार्ज श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलगाई, नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तान, सचिव एवं बागमती प्रदेशका सांसद शान्ति पौडेल, नेकपाका नेता टंकलाल घिसिङ, खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्