नेकपा माओवादी केन्द्रले भोली रामेछापमा पार्टी कार्यालय उदघाटन गर्ने



२६ फागुन, रामेछाप ।
सर्वोच्च अदालतको फैसलासँगै रामेछाप जिल्लामा एमालेले पार्टी कार्यालयको साइन बोर्ड राखेसँगै नेकपा माओवादी केन्द्रले पनि कार्यालय उदघाटन गर्ने भएको छ । माओवादी केन्द्रले भोली मन्थलीको देवकोटा चोकमा पार्टी कार्यालय उदघाटन गर्न लागेको हो ।

पार्टी एकता भएको ४१ महिनापछि सर्वोच्च अदालतले एमाले र माओवादी अलग–अगल पार्टी भएको फैसला गरेको थियो । पार्टी ब्युँतिएपछि दुवै दलले धमाधम जिल्लामा पार्टी कार्यालय उदघाटन गर्ने कामलाई अगाडि बढाएका छन् ।

नेकपा माओवादी रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले भोली पार्टी कार्यालय उदघाटनको कार्यक्रम राखिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टी विभाजिन हाम्रो चाहना नै थिएन, पार्टीलाई एकताबद्ध बनाएर लैजान कोशिस हुँदाहुँदै सर्वोच्चको फैसला मान्न बाँध्य भयौ ।’

प्रतिक्रिया दिनुहोस्