रामेछाप निवासी ढुंगेल भक्तपुर जिल्लाव्यापी वक्तृत्वकलामा प्रथम



२६ फागुन, काठमाडौं ।
रामेछाप निवासी विजय ढुंगेल भक्तपुर जिल्लाव्यापी वक्तृत्वकलामा प्रथम हुन सफल भएका छन् । प्याप्सन भक्तपुरले आयोजना गरेको ‘कोभिड–१९ले जन्माएका अवसर र चुनौती’ विषय वक्तृत्वकलामा ढुंगेल प्रथम हुन सफल भएका हुन् । भक्तपुरको शकंर नेसनल स्कुलमा कक्षा १० मा अध्ययनर ढुंगेलले ३१ जना सहभागिलाई पछि पार्दै प्रथम भएका छन् ।

रामेछाप दोरम्बा गाउँपालिका–६ लखनपुर निवासी १५ बर्षिय ढुंगेल वक्तृत्वकलामा चासो राख्छन् । उनले केही समय अघि जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीसँग अन्र्तवार्ता समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्