बलात्कारको प्रयास गरेको आरोपमा रामेछापमा एक बृद्ध पक्राउ



२७ फागनु, रामेछाप ।
एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा दोरम्बा गाउँपालिका–१ का एक बृद्धलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । पीडित महिलाले दिएको उजुरीको आधारमा दोरम्बा गाउँपालिका–१ का ७६ बर्षिय बृद्धि नानी बहादुर तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले गोपीखोलास्थित एकान्त वनमा फागुन २२ गते वेशीबाट घर फकर्दै गरेको अवस्थामा बलात्कारको प्रयास गरेको उजुरी पीडित महिलाले दिएकी छिन  । करिब ५५ बर्षय ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएपछि चिच्याएको कारण ती बृद्ध भागेको बताइएको छ । उजुरीको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्