मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने एमालेको निर्णय



२८ फागनु, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले बाधा अड्काउ फुकाउमार्फत पार्टीको नवौं महाधिवेशनबाट पारित विधान संशोधन गरेको छ । उमेर हद, कमिटीको संरचनामा संशोधन गर्दै २०७८ मंसिर २देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको छन् ।बैठकले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल बाहेकका पदाधिकारीलाई हटाएको छ ।

असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा चुनिएका थिए । नेकपा पार्टी गठन हुँदा महासचिव विष्णु पौडेललाई बैठकले विदाई गरेको छ ।
तर ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । पछिल्लो समय बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो । बैठकको निर्णय अनुसार वामदेव गौतम पनि उपाध्यक्षबाट विदा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्