रामेछापमा नयाँ कमिटीलाई नै मान्यता दिने एमालेकाे निर्णय



२९ फागनु, रामेछाप ।
नेकपा एमाले रामेछापले नयाँ पुर्नगठन गरेको कमिटीलाई मान्यता दिने भएको छ । सर्वोच्च अदालतको फैसाल अनुरुप एमाले ब्युँतिए पनि एमाले रामेछापले नयाँ कमिटीलाई मान्यता दिएको हो । पार्टी ब्युँतिनुपूर्व नेकपा दुई समुहमा विभाजित भएपछि केपी ओली समुहले रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेललाई कारवाही गरेर नयाँ अध्यक्षमा आनन्न श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडेरियालाई चयन गरेको थियो ।

पार्टी ब्युँतिएपछि पुरानै कमिटीलाई मान्यता दिनुपर्ने माग गरेपनि शनिवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले अहिलेकै कमिटीलाई मान्यता दिने निर्णय गरेको थियो । एमालेले जिल्ला अध्यक्ष र सचिव चयन गरेपनि पदाधिकारी र जिल्ला कमिटी भने पुर्नगठन गरेको छैन् । त्यसैगरी आठ वटै स्थानीय तह र वडा कमिटी समेत पुर्नगठन गरिसकेको छ ।

नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जिल्लाभित्र नयाँ कमिटीले नै निरन्तरता पाउने बताए । उनले रामेछाप न्युजसँग भने,‘अर्को निर्णय नभएसम्म अहिलेकै कमिटीले काम गर्छ ।’

प्रतिक्रिया दिनुहोस्