उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै



२ फागुन, काठमाडौं ।
बिरामी भएर अस्पताल भर्ना भएका उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा उपचार गराउने क्रममा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गराउदा सुनुवारमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण भएपछि हाल पाटल अस्पतालमा उनको उपचार भइरहेको छ । अस्पतालमा उपचाररत सुनुवारको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालमा रहेका जित नारायण श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । अध्यक्ष सुनुवारलाई संक्रमण पुष्टि भएसँगै उनका सम्पर्कमा आएका व्यक्तिहरुको धमाधम स्वाब संकलन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्