खनाल–नेपाल समुहमाथि अनुशासनको कारवाही हुन्छः ओली
७ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई अनुशासनको कारवाही हुने बताएका छन् । नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला गलत रहेको बताउदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले सरकारले संसदलाई बिजनेस दिएन भन्ने कुरा गलत भएको दाबी गर्दै आफ्नोे राजीनामा माग्नेहरुले संसदमा अविश्वास प्रस्ताव ल्याउन चेतावनी दिए । उनले आफ्नो विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने तागत दलहरुसँग नभएको बताए ।