माओवादी केन्द्र रामेछापले ६४ वटै वडामा अभियान चलाउने



११ चैत्र, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले पार्टी संगठनलाई थप सुदृढ गर्नको लागि आठ वटा स्थानीय तह र ६४ वटै वडा तहसम्म संगठन सदृढिकरण अभियान चलाउने भएको छ ।

मन्थलीमा बसिरहेको जिल्ला कमिटीको बैठकले जिल्लाभर अभियान चलाउने विषयमा छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका नेता प्रेम कुमार कार्कीले बदलिदो अवस्थामा पार्टी संगठनलाई थप बलियो बनाउन अभियान नै सञ्चालन गरेर लैजाने एजेण्डाको बारेमा बैठकमा छलफल भइरहेको रामेछाप न्युजलाई बताए । उनले पार्टीको क्रियाशिल सदस्यता नविकरण, नयाँ सदस्यता वितरण गर्नेदेखि लिएर संगठन बलियो बनाउन नीतिको साथ पार्टी अगाडि बढने बताए ।

मन्थलीमा जारी जिल्ला कमिटीको बैठकमा नेता हितमान शाक्य, पार्टीका जिल्ला सह–इन्चार्ज एवं प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, संविधानसभाका सदस्यत्रय डिल्लीमान तामाङ, तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, प्रदेश कमिटीकास दस्यहरु धावा लामा, टंकलाल घिसिङ, कमानसिंह मोक्तान लगायतका नेताहरुको सहभागीता रहेको छ । माओवादी केन्द्रको जिल्ला कमिटीको सदस्य हाल ६४ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्