काठमाडौंमा हराएको मोटरसाइकल रामेछापबाट पक्राउ



१२ चैत्र, रामेछाप ।
काठमाडौंबाट हराएको मोटरसाइकल रामेछापमा पक्राउ परेको छ । मोटरसाइकल चोरीमा संलग्न दोलखा घर भएका केदार न्यौपानले चोरेको मोटरसाइकल रामेछाप पुर्याएको प्रहरीलाई बयान दिएको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले उक्त मोटरसाइकल पक्राउ गरेको हो ।
बा ६५ प ७५७ नम्बरको मोटरसाइकल हटाएपछि मोटरसाइकल धनी यज्ञ कुमार श्रेष्ठले प्रहरी समक्ष खोजि दिनको लागि निवेदन दिएका थिए । प्रहानगरीय प्रहरी प्रभाग काठमाडौको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मन्थली नगरपालिका–१३ जिरोकिलोस्थित रहेको अशोक जर्गा मगरले सञ्चालन गरेको वर्कशपमा खानतलासी गरी उक्त मोटरसाइक नियन्त्रणमा लिएको हो । प्रहरीका अुनसार पक्राउ गरिएको मोटरसाइकल हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्