सुनापती गाउँपालिकाभित्र धमाधम कमिटी पुर्नगठन गर्दै एमाले



१३ चैत्र, रामेछाप ।
नेकपा एमालेले सुनापति गाउँपालिकाभित्र वडा कमिटी पुर्नगठनको कामलाई तीब्रता दिएको छ । गाउँ कमिटी अन्तर्गत रहेको पाँच वटै वडामा कमिटी पुर्नगठनको अभियान थालेको हो । सुनापति गाउँ कमिटी अन्तर्गत वडा नम्बर ५ खनियापानी र वडा नम्बर ४ बेथानमा यसअघि रहेको कमिटीलाई पुर्नगठन गरेको सचिव राज मैनालीले बताए ।

उनका अनुसार बाँकी रहेको तीन वटा वडामा पनि छिट्टै नयाँ कमिटी निर्माण गरिनेछ । वडा कमिटी पुर्नगठनमा एमालेका केन्द्रीय सदस्य कमल चौलागाई, जिल्ला सचिव पुरुषोत्तम कडेरिया, भवुन घिमिरे, सुमन लामा, रामकृष्ण लामा, ज्ञान कुमार योञ्जन, अम्बरध्वज लामा लगायतका नेताहरु खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्