रामेछापमा पुरानै कमिटी ब्यूँताउछौः पौडेल
१९ चैत, रामेछाप ।
नेकपा एमाले माधव नेपाल समुह रामेछापका नेता शान्ति पौडेलले जिल्लाभित्र पुरानै कमिटी ब्युँताउने बताएका छन् । उनले २०७५ जेठ ३ अघि कायम रहेको कमिटीलाई नै ब्युँताएर अगाडि बढने बताएका हुन् । पार्टीले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरुलाई कारवाही गर्ने निर्णय लगत्तै देशभर समानान्तर कमिटी गठन गरेर अगाडि बढने नीति उक्त समुहले लिएको छ ।
एमालेको तत्कालिन जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष शान्ति पौडेल, नेता ज्ञान कुमार श्रेष्ठ सहितका नेताहरु नेपाल पक्षमा रहेका छन् । पार्टीले जिल्लादेखि वडा तहसम्म गठन गरेको नयाँ कमिटीलाई नै मान्यता दिएपछि नेपाल समुह रुष्ट छ । पार्टी नीति विपरीत गतिविधि गर्नेमाथि अनुशासनको कारवाही थाल्ने तयारी नेकपा एमाले रामेछापले गरेको छ ।