माओवादी कांग्रेस र जसपा मिलेर नयाँ सरकार बन्छः सांसद श्रेष्ठ



२० चैत, रामेछाप ।
माओवादी केन्द्रका नेता एवं रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले केपी ओली नेतृत्वको सरकार विस्थापित गरिने बताएका छन् । उनले माओवादी कांग्रेस र जसपाबीच गठबन्धन निर्माण गरेर नयाँ सरकार गठन हुने दावी गरेका हुन् ।

आज गोकुलगंगा गाउँ कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई कुर्सीमा बस्ने नैतिक अधिकार नरहेको बताए । उनले भने,‘तीन दलकोबीचमा गठबन्धन निर्माण गरेर ओलीको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेर नयाँ सरकार गठनको प्रक्रिया अब अगाडि बढछ ।’

सांसद श्रेष्ठले परिवर्तनकारी बामपन्थी शक्तिहरुबीच पार्टी एकताको सम्भावना जीवितै रहेको बताउदै अहिलेको मुख्य कार्यभार ओली नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार गठन गर्नु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्